८ माघ २०७४, सोमबार

दुवईमा चुरोट खाएपछि बाँकी रहेको ठूटोसहित फोहोर जथाभावी फाल्नेलाई कारवाही हुने भएको छ । यो नियम स्थानीयसँगै विदेशी नागरिकलाई पनि लागु हुनेछ । दुवईमा अबदेखि जथाभावी फोहोर फाल्नेलाई ५ सय दिर्हाम अर्थात झण्डै १४ हजार रुपैयाँ जरिवानाको नियम लागू भएको हो ।

यस्तै सार्वजनिक ठाउँमा थुक्नेलाई पनि ५ सय दिर्हाम नै जरिवाना हुने गल्फ न्युजले जनाएको छ । चुरोटका ठूटा जथाभावी फल्ने, सार्वजनिक ठाउँमा थुक्ने र कागजका टुक्रा सडकमा फाल्ने प्रवृत्ति हटाउन र सडक सफा राख्न नयाँ नियम ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV