८ माघ २०७४, सोमबार

कृष्ण कन्दङ्वा लिम्बु

काठमाडौं । अख्तियार अनुशन्धान आयोगको टोलिले एकजना नेपाल प्रहरीका असईलाई रु ३ लाख घुस सहित रङ्गेहात पक्राउ गरेको छ । असई रेशम खड्कालाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

असई खड्का माहानगरीय प्रहरी परीचालन कक्ष रानिपोखरीमा कार्यरत प्रहरी हुन् । उनले काठमाडौंको पेप्सीकोलामा रहेको स्किन शहकारी बचत संस्थाका सन्चालकको कागज आफुले लुकाएका थिए । सो कागजलार्ई फिर्ता दिनका लागि उनले ३ लाख सँस्थाका सन्चालक सँग लिएकोअख्तियारले जनाएको छ ।   भिडियो सहित हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

LIVE TV