८ माघ २०७४, सोमबार

काठमाडौं । एउटै चुनाव चिह्न लिएर चुनाव लडेका वाम गठबन्धन चुनाव सकिएको लामो समय हुँदा पनि एकता हुन सकेको छैन । दुवै दलका नेता एकतालाई कसैले रोक्न नसक्ने खालका अभिव्यक्ति मै सिमित छन् । शीर्षस्थ नेताबीचको छलफल मात्र भइरहेको छ ।

यतीका समया बित्दा पनि वाम गठबन्धले नयाँ सरकार गठन र पार्टी एकताको टुङ्गो लगाउन सकेको छैन । को प्रधानमन्त्री र
को पार्टी अध्यक्ष हुने भन्ने धेरै चर्चा चलिहरेको छ । माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एकको दाबी गरेका छन् । तर अझैसम्म भने ट्ङ्गो भने लागाउन सकेको् छैन ।

पार्टी एकताका बारेमा सबैले आ आफ्ने टिका टिप्पणी गरिराखेका छन् । यस्तै चर्चित लेखक सौरभका अनुसार केपी ओली एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदका हकदार हुन् । उनले भने -‘ओली चुनावमा सबैभन्दा बढी भोट पाएका देशका सर्वाधिक लोकप्रिय नेता हुन् भन्ने बिर्सिनु भएन । उनी एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदका हकदार हुन् ।’

‘उहाँ प्रधानमन्त्री पदका हकदार हुनुहुन्छ । तर,प्रचण्ड एमालेको अध्यक्ष बन्ने कुराचाहिँ मलाई त्यति स्वाभाविक लाग्दैन ।’ उनले भने- ‘सानो पार्टीका नेतालाई अध्यक्ष दियो भने एमालेका नेतादेखि कार्यकर्ता पंक्तिसम्ममा आन्तरिक विद्रोहहरु नहोलान् र रु त्यसको प्रबल सम्भावना छ । नेतृत्वले चाहेर मात्रै पुष्पकमललाई पार्टी जिम्मा दिन सजिलो छैन । यदि दिइयो भने यो एमालेको ठूलो मुर्खता हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV