८ माघ २०७४, सोमबार

सात वटै प्रदेशको कार्यालय व्यवस्थापनका लागि सरकारले टोली खटाएको छ । हाल अस्थायी राजधानी रहेका स्थानमा कार्यालय व्यवस्थापन गर्न सरकारले इन्जिनियर सहितको टोली खटाएको हो ।

सरकारले तत्काल कार्यालयमा आवश्यक व्यवस्थापनका लागि टोलीलाई निर्देशन दिएको छ । हरेक प्रदेशलाई साढे सात करोडका दरले रकम समेत विनियोजन गरिएको छ । सात प्रदेशमा जम्मा ५२ करोड ५० लाख रुपैयाँ अहिले खर्च हुने देखिएको छ ।

संघीय संरचना अनुसार प्रदेश कार्यालयहरुको व्यवस्थापन नभइसकेकाले अस्थायी राजधानी तोकिएका क्षेत्रमा रहेका केही सरकारी कार्यालयलाई प्रदेश कार्यालयका रुपमा प्रयोगमा ल्याउने सरकारले तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयले यी कार्यालयको सबै व्यवस्थापन गर्न शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्रालयले सोही अनुसार आवश्यक व्यवस्थापनका लागि इञ्जिनियर र सहसचिवको टोली खटाएको हो । टोलीले तत्कालका लागि व्यवस्थापन गरिएका भवनलाई मर्मत सम्भार गर्ने लगायतका काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV