८ माघ २०७४, सोमबार

काठमाडौं । नेपालबाट रोजगारीमा जाने कामदारको रोजाइमा मलेसिया परेको छ। चालू आव २०७४–७५ को साउनदेखि पुस मसान्तसम्ममा नयाँ भिसामा रोजगारीका लागि गएका कामदारमध्ये ३४ प्रतिशत मलेसिया पुगेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चालू आवको ६ महिनामा नयाँ कामका लागि ९म्यानपावरमार्फत० कुल एक लाख ६९ हजार एक सय ९० जना विश्वका विभिन्न मुलुक गइसकेका छन्।

कामदारको रोजाइ मलेसिया, किन रुयसमा मलेसिया जाने कामदारको संख्या ५८ हजार ६ सय ५९ रहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन्।

मलेसिया नेपाली कामदारको लागि सहज गन्तव्य पनि हो। खाडीको तुलनामा मलेसिया जाने कामदारले आम्दानी बढी गर्छन्। नेपाली कामदारका लागि मलेसियाको हावापानी पनि सुहाउँदो छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV