८ माघ २०७४, सोमबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमथि सनदार जित निकालेको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा ५–० ले हराएको हो।

खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल गरे भने राकिटीकले १ गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हफको ५९ औ मिनेटदेखि गोलको खाता खोलेको बार्सिलोनाले ८९ औं मिनेटसम्म ५ गोल गर्यो । बेटिसले भने गोलको खाता खोल्नै सकेन । जितपछि बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV