७ माघ २०७४, आईतवार
  • अंगराज न्योपाने

काठमाडौं । नियमनकारी निकाय र निर्माणपक्षको मिलेमतोमा अधिकांश बिकासे आयोजना समयमै सम्पन्न हुँदैनन् । सडक बिस्तारमा यो समस्या धेरै देखिन्छ । तोकिएकै मितिमा काम सुरु हुन्छ तर, समयमै सम्पन्न हुँदैन । यसको मार सर्वसाधारणले खेप्नु पर्छ । काठमाडौंको चोभार देखि दक्षिणकालीसम्मको सडक बिस्तार सुरु भएको लामो समय भयो । तर, अझै निर्माण सम्पन्न भएको छैन । जसको मार सर्वसाधारणले खेपिरहेका छन् ।

काठमाडौंको चोभारदेखि दक्षिणकालीसम्म्को सडकको दुरी ९ दशमलव ६ किलोमिटर मात्र छ । दुरीकै आधारमा भन्ने हो भने, चोभारदेखि दक्षिणकाली पुग्न धेरैमा २० मिनेट लाग्छ । तर, अहिलेकै अवस्थामा दक्षिणकाली पुग्न एक घण्टाभन्दा बढी समय खर्चनु पर्छ । कारण बन्यो, निर्माणाधीन सडक । यो सडक विस्तारको काम सन २०१५ सुरु भयो । सम्झौताकै आधारमा भन्ने हो भने, दुई वर्ष अगाडि नै यो सडक बनिसक्नु पर्ने थियो । तर, यो सडक विस्तार कहिले सकिने हो, कसैलाई थाहा छैन । मार चाहिं सर्वसाधारणले खेप्नु परेको छ ।

विस्तारका लागि सडक भत्काइएको लामो समय भयो । तर, सडक विस्तार सम्पन्न हुने छाँटकाँट नै छैन । वर्षायाममा हिलो र हिउँदको धुलोका कारण यो सडक प्रयोग गर्नेहरु आजित छन् । स्थानीयले सडक बिस्तार छिटो सम्पन्न गर्न सरोकारवाला पक्षलाई दवाव नदिएको होइन । तर, निर्माण पक्षलाई भने मतलव नै छैन ।  भन्छन् :सडक क्षेत्रमा बनेका व्यक्तिगत भौतिक संरचना हटाउने समस्याले काम ढिलो भयो । तर, स्थानीय उपभोक्ता निर्माण पक्षको यो आरोप स्वीकार्न तयार छैनन् । किनकी, चोभार–दक्षिणकाली सडक विस्तारमा जग्गा समस्या छदै छैन् ।

निर्माण पक्षसँग अनेक वहाना छन् । उनीहरुलाई नियमनकारी निकायको साथ मिलेको छ । नियमनकारी निकाय र निर्माणपक्षबीचको मिलेमतोमा अधिकांश बिकासे योजना समस्यामा परेका छन् । चोभार–दक्षीणकाली खण्डको सडक विस्तार यस्तै मिलेमतोको शिकार बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV