७ माघ २०७४, आईतवार

भद्रपुर। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतन्त्रको आधार सुशासन र विकास भएको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाद्वारा आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा आज उहाँले नेपालमा सूचनाको हकको सिद्धान्त र व्यवहार विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले सु–शासन र पारदर्शीताका लागि सूचनाको हकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यसबाट मुलुकमा वित्तीय पारदर्शीता, प्रशासन सुधार हुनुका साथै लोकतन्त्रको आधारभूत आवश्यक तत्व पनि पूरा हुने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आम नागरिकको सूचनाको हकलाई कार्यान्वय गराउन आफू लागि परेको र यसका लागि सबै कार्यालय प्रमुखलाई निर्देशन पनि दिएको बताउनुभयो ।

सो कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले स्थानीय तह निर्वाचन, २०७४ जिल्ला निर्वाचन कार्यालय भद्रपुरबाट प्रकाशन भएको पुस्तकको पनि विमोचन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV