७ माघ २०७४, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई आइतबार अपरान्ह टेलिफोन गर्नु भएको थियो । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीकोबीच टेलिफोनमार्फत अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान बताइएको छ । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना समेत दिनु भएको छ । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको समेत बताउँनु भएको छ ।

अध्यक्ष ओलीले पनि प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै वहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV