७ माघ २०७४, आईतवार
  • सन्तोष काफ्ले

सुनसरी। काठमाडौको लक्ष्मी हुन्डाई मनाङ् मस्र्याङ्दी क्लब झापा ११ को चुनौती ३ का विरुद्ध ४ गोलले पन्छाउदै इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङ्का लागि सुजल श्रेष्ठले ह्याट्रिक पूरा गर्दा बिशाल राईले एक गोल थपेका थिए ।

इटहरी रंगशालामा आइतबार भएको खेलमा खेलको पाँचौ मिनेटमा भिक्टरको पासमा गोल गर्दै सुजलले आप्mनो टिमका लागि खाता खोलेको थिए । १२ औ मिनेटमा झापाका दिलेन लोक्तेनले डि बक्स भित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सुजलले नै जाली चुमाए भने पुनः १९ औ मिनेटमा पनि मनाङ्गले पेनाल्टीको अवसर पायो । झापाबाट खेलेका याकुब सावाडेगोले भिक्टरलाई फल गरेपछि पाएको पेनाल्टी पनि मनाङ्गका सुजलले सदुपयोग गर्दै ह्याट्रिक पुरा गरे । दोस्रो हाफको मनाङ्गका लागि बिशाल राईले गोल गर्दे आफ्नो टिमको जित पक्का पुर्याएका थिए । पहिलो हाफमा सम्हालिन नसकेको रमपम झापा ११का लागि कर्ण लिम्बूले २ गोल गरे भने एक गोल भने उपहार पायो ।

मनाङ्गका बिमल बस्नेतले आत्मघाती गोल गरे । खेलको २८ औ मिनेटमा झापाका कर्ण लिम्बुले गोल गर्दै खेल बराबरी गरे । कर्णले डि बक्स भित्र पाएको फ्रि बललाई पोष्टको दिशा दिए । दोस्रो हाफमा भने रमपम झापा ११ लयमा फर्कियो । झापाले दवाव दिए पनि गोल गर्ने अवसुर चुकाउँदा मनाङ्गका बिमल बस्नेतले दोस्रो हाफको २३ औ मिनेटमा आत्माघाती गोल गरे । ३४ औ मिनेटमा योगेश गुरुङको पासमा कर्ण लिम्वुले गोल गरेपनि झापाले जित निकाल्न सकेन । सोमबार पाउना टिम डू्रक युनाइटेड भूटान र त्रिभुवन आर्मी आमने सामने हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV