७ माघ २०७४, आईतवार

काभ्रे । काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । भकुन्डेबेसीबाट बनेपा आउँदै गरेको ना७ख ७११६ नम्बरको ट्रिप्परले नवबुद्ध नगरपालिका अन्तर्गत विपी राजमार्गमा बा६५प ८१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक प्रकाश लामाको मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका लामा रोशी गाउँपालिका निवासी भएको बुझिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV