७ माघ २०७४, आईतवार

काठमाडौं । रुपन्देहीस्थित देवदहका फर्निचर व्यवसायीको वसन्त पौडेल बलु को हत्या योजनाकार मनोज पुनका दुई जना सहयोगीलाई रूपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।

पौडेलको हत्या भएको दुई सातापछि नवलपरासीको सुनवल नगरपालिका–७, अस्नौयाका ३६ वर्षीय पदम चौधरी र सोही जिल्लाको डुमरहा–५ का महेन्द्र भनिने महिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका योजनाकार पुन र सुटर विवेक थर नखुलेका फरार छन् ।

पदम र महेन्द्रले हतियार र मोटरसाइकल व्यवस्थापनसहित मान्छेको सुराकी गर्ने काम गरेको आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

त्यसवापत उनीहरुले हुण्डीबाट साढे २ लाख ३० हजार रुपैयाँ लिएको समेत खुलेको छ ।

उनीहरुको साथबाट लु ४ प १४ नम्बरको मोटरसाइकल, ९ एमएमको एउटा इटालियन पेस्तोल, दुई वटा कटुवा पेस्तोल र नगद ९९ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पौडेलको गत २१ पुसमा गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV