७ माघ २०७४, आईतवार

काठमाडौं । प्रदेश ६ का प्रदेशसभा सदस्यहरुको सपथग्रहण सकिएका  छन् । जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सपथ लिएपछि बाँकी ३९ जना सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

सपथग्रहणमा जिल्ला समन्वय समितिको कार्यालयमा सम्पन्न भएको हो । प्रदेश ६ मा जमा ४० जना प्रदेश सदस्य रहेका छन् ।

शनिबार उडान हुन नसकेपछि आइतबार प्रदेश प्रमुख खनालसहित २७ जना प्रदेश सदस्य सेनाको हेलिकोप्टरबाट आइतबार विहान मात्रै सपथ लिन सुर्खेत पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV