७ माघ २०७४, आईतवार

एजेन्सी । केसर हालेको दूध स्वास्थ्यका लागि लाभदायक  छ । यसले सन्तानोत्पत्तिको क्षमता बढाउनुका साथै पुरुषहरूको स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछन्  ।

केसरमा भएका १५० वटा पोषणतत्त्वले पुरुषहरूलाई फाइदा गर्छ । भारतको जम्मु इन्स्टिच्युट अफ आयुर्वेदका डा सन्दीप भगतले पुरुषहरूलाई केसरयुक्त दूध खाँदा हुने फाइदाका बारेमा बताएका छन् ।यसमा भएको क्याल्सियम र प्रोटीनले मांसपेशी र हड्डी बलियो बनाउँछ । शरीरका विषाक्त पदार्थ हटाउँछ । छाला र कपाल स्वस्थ राख्छ ।

यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । रुघाखोकी लाग्न दिँदैन । दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन् । यसमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्छ । यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV