७ माघ २०७४, आईतवार

धनकुटा । राजधानीको माग राख्दै धनकुटाबासीले आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर विरोध गरेका छन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।

मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले थाल ठटाएका हुन् । स्थानीय प्रशासनले धनकुटामा तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV