७ माघ २०७४, आईतवार

कास्की । प्रदेश नम्बर ४ मा आईतबार प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नाे कार्यभार सम्हालेको  छ । पदभार ग्रहण गरेलगत्तै कुँवरले ४ नम्बर प्रदेश सभाका जेष्ठ सदस्यलाई सपथ खुवाएका थिए ।

जेष्ठ सदस्य नेकपा एमालेका तर्फबाट नवलपरासीको बर्दघाट सुस्ता पुर्बमा पर्ने २ (ख) बाट निर्वाचित ६७ बर्षका जनकलाल श्रेष्ठलाई उनले सपथ खुवाएका थिए । प्रदेश प्रमुखबाट सपथ खाएसँगै नगर बिकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा गएर श्रेष्ठले उपस्थित अन्य ५७ जना सदस्यहरुलाई प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ मा ब्यवस्था भए बमोजिम सपथ खुवाएका हुन् ।

प्रदेश सभाका लागि निर्बाचित ३६ र २४ समानुपातिक गरी ६० जना सदस्य रहेकोमा श्रेष्ठ सँगै ५८ जनाले आईतबार सपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV