प्रदेश ५ को सपथमा एमाले र राप्रपाका दुई सांसद अनुपस्थित



प्रकाशित मिति : Jan 21, 2018

काठमाडौं– प्रदेश नम्बर ५ मा पनि प्रदेशसभा सदस्यको सपथ ग्रहण सम्पन्न भएको छ। ८७ जनामध्ये ८५ जना सांसदले सपथ लिएका छन्।

एमाले र राजपाका दुई सांसद सपथ ग्रहणमा उपस्थित भएनन्। एमालेकी सांसद जालपा भुषाल र राजपाकी विन पन्त अनुपस्थित भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

पन्त रुपन्देही तथा भुषाल अर्घाखाँचीकी सांसद हुन्। प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेललाई सपथ खुवाएपछि पोखरेलले अन्य सांसदलाई सपथ खुवाएका थिए।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com