७ माघ २०७४, आईतवार

सुर्खेत । आइतबार आज सातै प्रदेशका प्रदेश सभा सदस्यले सपथ लिँदै छन्। केही प्रदेशमा सपथ सकिएको छ भने केहीमा जारी छ।

प्रदेश सभा सदस्यको सपथका लगि प्रदेश ६ नम्बर प्रदेशका प्रमुखसहित २४ जना सांसद नेपाली सेनाको हेलिकोप्टर लिएर सुर्खेत पुगेका छन्।

नेपालका सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार प्रदेश प्रमुख दुर्गाकेशर खनाल र काठमाडौंमा रहेका छ नम्बर प्रदेशका २४ सांसद आइतबार बिहान एमआई १७ हेलिकोप्टर चार्टर गरेर सुर्खेत गएका हुन्।

उनीहरु सुर्खेत पुगिसकेका छन्। वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा प्रदेश सभा सदस्यको सपथ केहीबेरमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV