७ माघ २०७४, आईतवार

मोरङ,माघ ७ । एक नम्बर प्रदेशका नवनियुक्त प्रमुख गोबिन्दबहादुर तुम्बाहाङले राजधानीको माग गर्दै आन्दोलन गरिरहेकाहरुलाई आन्दोलन स्थागित गर्न आग्रह गर्नु भएकोछ । मोरङमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रमुख तुम्बाहाङले आन्दोलन स्थागित गर्न आग्रह गर्नु भएको हो ।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेपछि आन्दोलित धनकुटावासीलाई आन्दोलन स्थागित गर्न प्रमुख तुम्बाहाङले आग्रह गर्नु भएको हो । संविधान अनुसार सरकारले अस्थायी केन्द्र मात्र तोकेको र प्रदेशसभाले राजधानी तोक्ने भएकाले आन्दोलन गरे पनि शान्तिपूर्ण गर्न आग्रह गर्नु भयो ।

प्रमुख तुम्बाहाङले संविधान कार्यान्वयन गर्ने क्रममा पहिलो पटक प्रदेशको संरचना गठन गरिएकोले विस्तारै सबै विवाद मिल्दै जाने समेत बताउँनु भयो । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक विराटनगर आउनु भएका प्रदेश प्रमुख तुम्बाहाङलाई सुरक्षा अधिकारीहरु र नेपाली कांग्रेसका कार्यकर्ताहरुले विराटनगर विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV