७ माघ २०७४, आईतवार

एजेन्सी । विवाहलाई नयाँ जीवनका रुपमा पनि लिइन्छ किनकी यो हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय हो । तर विश्वमा त्यस्ता मानिस पनि छन् जसले साधारण तरिकाले सामान्य मासिनसँग विवाह गरेनन् । कतिपयले चर्चित बन्न यस्तो अनौठो विवाह गरे भने कतिले जीवनको नयाँ अनुभव बटुल्न आफूलाई सबैभन्दा प्यारो लाग्ने वस्तुसँग विवाह गरे ।

१. रेलवे स्टेसनसँग विवाह

क्यालिफोर्नियामा बस्ने ४५ वर्षीया केरोलले त्यहाँको सेन फे रेलवे स्टेसनसँग विवाह गरेर सबैलाई अचम्मित पारेकी हुन् । उनका अनुसार उनी ९ वर्षको हुँदा देखि नै सो स्टेसनलाई अत्याधिक प्रेम गर्थिन् । अहिले उनी त्यहि स्टेसनलाई आफ्नो जीवनसाथी मानेर सुम्सुम्याउने गर्छिन् र त्यसले उनलाई कहिल्यै छाडेर नजानेमा विश्वस्त छिन् ।

२. डोरीमा झुन्डिएर विवाह

पछिल्लो वर्ष भारतको महाराष्ट्रमा एक जोडीले हावामा विवाह गरेर सबैलाई चकित पारेका थिए । सो जाडी हिमालमा ट्रेकिङ गर्न शौखिन भएकाले उनीहरुले ५०० फिटभन्दा अधिक उचाइमा झुन्डिएर एकअर्कासँग विवाह रचाएका थिए । यो अनौठो विवाहमा पन्डितले पनि हावामै रहेर मन्त्र पढेका थिए ।

३. आफैँसँग विवाह

चीनका लीउ ये नामक व्यक्तिले आफ्नै तस्बिरको पोस्टरसँग विवाह गरेका थिए । उक्त पोस्टरमा उनले दुलहीको पहिरन लगाएका थिए भने आफूले चाहिँ दुलहाको पोसाक लगाएर आफैँसँग विवाह गरेका थिए ।

४. सर्पसँग विवाह

भारतमा एउटी महिला सर्पसँग प्रेममा परेपछि हिन्दू परम्पराअनुसार सर्पसँगै विवाह गरेकी थिइन् । उनको यस विवाहले विश्वभर चर्चा बटुलेको थियो । २००० भन्दा बढि मानिस उनको विवाहमा सहभागी भएका थिए र उनीहरुले त्यसलाई राम्रो भाग्यका रुपमा स्वीकारेका थिए ।

५. तकियासँग विावह

दक्षिण कोरियाका ली जीन ग्यू ले वास्तविक महिलाभन्दा एउटा नरम तकियालाई सम्हाल्न सजिलो हुने भन्दै तकियासँग विवाह गरेका थिए । उक्त तकियामा उनले आफूलाई मन पर्ने कार्टूनको मुख राखिदिएर विवाह गरेका थिए ।

६. मरिसकेका प्रेमीसँग विवाह

मेगाली जेकिस्वीक्ज र जोन्याथन जर्जले आफ्नो विवाहको योजना पहिलेदेखि नै बनाएका थिए तर विवाहको दुई दिन अघि जर्जको दुर्घटनामा मृत्यु भयो । उनको मृत्यु भएपनि मेगालीले उनलाई भुलाउन सकिनन् र परम्परागत रुपमै मृत जर्जसँग विवाह गरिन् । यो घटना फ्रान्सको हो । फ्रान्समा हरेक वर्ष यसरी नै मानिसहरु आफ्ना मरिसकेका प्रेमीसँग विवाहको गर्न आउने गरेको फ्रान्सका अन्तरिम मन्त्रालयका अधिकारीले बताएका हुन् ।

७. पिज्जासँग विवाह

मात्र १८ वर्षीया क्रिस्टिन व्याग्नरले एउटा सानो ठट्टालाई वास्तविकामा परिणत गर्दै आफूलाई मनपर्ने पेपरोनी पिज्जासँग विवाह गरेकी हुन् । उनले पिज्जालाई समेत दुलाहा जसरी नै बो लगाइदिएकी थिइन् भने आफू पनि पूर्ण रुपमा दुलहीको पहिरनमा थिइन् । उनको यस अनौठो इच्छाले सबैलाई आश्चर्यमा पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV