७ माघ २०७४, आईतवार

तुलसीपुर । गैरन्यायिक तरिकाले सरकाले प्रदेश ५ को अस्थायी मुकाम तोकेको भन्दै त्यसको विरोधमा दाङमा महिलाहरू आन्दोलित भएका छन्। तत्काल निर्णय सच्याउन माग गर्दै दाङका महिलाहरू रित्ता भाँडा बचाउँदै शनिबार सडकमा उत्रिएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राजधानी अपायक स्थानमा तोकिएको र वर्षौंदेखिको दाङको सम्भावनालाई बेवास्ता गर्दै सरकारले असुरक्षित तथा अव्यवस्थित स्थानमा पहुँचको भरमा राजधानी बनाउने निर्णय गरेको विरोधमा शनिबार महिलाहरूले भाँडा बजाउँदै जुलुस निकालेका छन्।

आमहडतालसहितको आन्दोलनको पाँचौ दिन बितिसक्दा पनि सरकारले नसुनेको भन्दै सरकारको ध्यानाकर्षणका लागि हातमा भाँडा लिएर बजाउँदै आन्दोलनमा जानुपरेको महिला नेतृ चित्रा गिरीले बताइन्। उनले सरकारलाई सुनाउन र दाङ राजधानी मागको बारेमा बुझाउन रित्ता भाँडा बजाउनुपरेको बताइन्। भान्सामा प्रयोग हुने भाँडावर्तनसहित थाल, चम्चा, काँटा, बोकेर आन्दोलनमा आएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV