७ माघ २०७४, आईतवार

एजेन्सी । अफगानिस्तानमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त हुदा दुईको मृत्यु, पाँच जना घाइते भएका छन् । काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त हुँदा दुई जना बन्दुकधारी मारिएका हुन ।

होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा भिडन्त भएको हो ।

घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV