७ माघ २०७४, आईतवार

चार करोडको लागतमा फिटनेस सेन्टर सञ्चालन
2018-01-21 06:49

पथरी, मोरङ, ७ माघ (रासस) ः गोल्छा अर्गनाइजेशनले विराटनगरको मेनरोडमा रु चार करोडको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ ।

फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिक स्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरका सञ्चालक मनोज बोथराका अनुसार योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ, सोनाबाथ, पावर क्याफेमार्फत विभिन्न किसिमको शारीरिक ब्यायाम गराइन्छ । फिटनेस सेन्टर, हेल्दी खाना, जुस, लेमन टी, ग्रिन टी पिउने व्यवस्था मिलाइएको सेन्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV