६ माघ २०७४, शनिबार

प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार आइतबार १० बजे जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा शपथ ग्रहण समारोह हुनेछ ।

शपथका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसक्नु भएको र शपथ ग्रहण समारोह स्थलमा सम्पूर्ण तयारी पूरा भइसकेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV