६ माघ २०७४, शनिबार

बुटवल।  पाँच नम्वर प्रदेशमा प्रदेश सांसादको  शपथ ग्रहण्को सम्पूर्ण कार्य सम्पन्न भएका  छन्।  अस्थायी राजधानी बुटवलस्थित रुपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय र सचिवालय रहने गरी व्यवस्था मिलाइएको छ ।

व्यापार संघको भवनमा  प्रदेश प्रमुख उमाकान्त झाले आइतवार विहान १० बजे पदभार ग्रहण गर्ने छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रदेश प्रमुखको कार्यालय तथा सचिवालयका लागि व्यापार संघको सचिवालय रहेको स्थानमा आवश्यक तयारी भइरहेको जानकारी दिएको हो।

व्यापार संघ र वाणिज्य संघका भवनमा आवश्यक फर्निचरको व्यवस्था गर्नेदेखि सरसफाइको कामलाई शनिवार विहानैदेखि काम तीव्र पारिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV