६ माघ २०७४, शनिबार

विराटनगर। प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्द सुब्बाले जनताले आफ्नै जिल्लामा राजधानी हुनुपर्ने चाहनाले गरिएको आन्दोलनलाई हिंसात्मकतर्फ नलग्न आग्रह गर्नुभएको छ ।

विराटगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको आवासमा आज साँझ पत्रकारसँग कुरा गर्दै सुब्बाले आफ्नो स्थानमा राजधानी हुनुपर्ने चाहना स्वाभाविक भएपनि आफ्नो अधिकारका लागि अरुको अधिकार हनन हुने काम गर्न नहुने बताउनुभयो ।

प्रदेश प्रमुख सुब्बाले १४ जिल्ला रहेको १ नं प्रदेशका सबै जिल्लावासीले आफ्नै ठाउँमा राजधानी होस् भन्ने चाहना हुनु स्वाभाविक हो, त्यो गलत मान्नु हुन्न, तर आफ्नो मागले अरुको अधिकारको हनन् गर्नु हुँदैन भन्नुभयो ।

प्रमुख सुब्बाले प्रदेशको स्थायी राजधानी प्रदेशसभाले तोक्ने व्यवस्था रहेको भन्दै राजधानीका विषयलाई लिएर आन्दोलन नगर्नसमेत आग्रह गर्नुभयो । आइतबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराइने र त्यसपछि उनले अन्य सदस्यलाई शपथ खुवाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV