६ माघ २०७४, शनिबार

म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुंगाखानी उत्खनन हुन  सकेका छैनन्न। जसको कारणबाट  राज्यले अर्बौ रुपैयाँ गुमाएको छ ।

‘कार्ज’ नामक  ढुंगा हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने रहेका छन्। उक्त ढुंगा  खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको हो। खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुंगा खानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्षले जानकारी दिए ।

जिल्लाको अति विकट क्षेत्रमा रहेको गुर्जाको घुर्मखोलाअन्तर्गत पर्ने गुर्जा हिमालको फेदमा रहेको उक्त खानीको कार्ज ढुंगा म्याग्दीको सदरमुकाम बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा राखिएको छ ।शुक्रबार हेलिकप्टरबाट म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्य, किरण सापकोटा र लोकेश पुनको टोली हेलिकप्टरमार्फत गुर्जामा पुगेर कार्ज ढुंगा ल्याई प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV