६ माघ २०७४, शनिबार

काठमाडौं । रवीन्द्र मिश्रले आफ्नो चुनावी अनुभव कविता मार्फत आम नागरिकलाई सुनाउनु भएको छ । घोष्ट राईटिंग नेपालद्वारा आयोजित कार्यक्रममा उहाँले आफ्नो चुनावी अनुभव सुनाउँनुभएको हो । प्रत्येक महिनाको पहिलो शनिवार यो कार्यक्रम हुने आयोजक तथा घोष्टराईटिंग नेपालका अध्यक्ष कमल ढकालले जानकारी दिनुभयो ।

जीवन साहित्य भन्दा माथि हुने र हरेक मान्छेको जीवन साहित्यमा मिसाउन सके मात्र साहित्यको लामो नदी बग्न सक्ने उहाँले बताउनुभयो । मान्छेको जीवनबाट नै साहित्य बन्ने भएकोले लेखन कुन्जमा निरन्तर चल्ने अनुभव श्रृखंलाले साहित्यलाई नै मद्दत गर्ने आफूले ठानेकोले यो कार्यक्रम सुरु गरेको बताउनुभयो ।

‘मान्छेको अनुभव नै मान्छेको लागि प्रेरणाको मूल हो’ भन्ने नारा सहित रवीन्द्र मिश्रको पहिलो ‘चुनावी अनुभव र कविताको कुरा’ नामक अन्तक्रिया कार्यक्रम गरिएको हो ।

घोष्ट राईटिंग नेपालद्वारा आयोजित कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिवार हुने कार्यक्रमका आयोजक तथा घोष्टराईटिंग नेपालका अध्यक्ष कमल ढकालले जानकारी दिनुभयो ।

जीवन साहित्य भन्दा माथि हुने र हरेक मान्छेको जीवन साहित्यमा मिसाउन सके मात्र साहित्यको लामो नदी बग्न सक्ने उहाँले बताउनुभयो ।

मान्छेको जीवनबाट नै साहित्य बन्ने भएकोले लेखन कुन्जमा निरन्तर चल्ने अनुभव श्रृखंलाले साहित्यलाई नै मद्दत गर्ने आफूले ठानेकोले यो कार्यक्रम सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा रवीन्द्र मिश्रको कविता घोष्ट राईटिंग नेपालका सहकर्मि नीशा रुम्बा, र रेनुका खरेलले बाचन गरेका थिए । केही कविताहरु मिश्रले पनि वाचन गरे ।

आफ्नो चुनावी अनुभव बारे रवीन्द्र मिश्रले भन्नुभयो –‘चुनावी दौरानका क्रममा युवा र वृद्धवृद्धाका आँखाबाट झर्न नसकेका आँसु झरेको देखियो ।

देशमा विकास र सम्वृद्धीले निकास नपाएकोमा जनतामा निराशाहरु पनि देखियो । एकातिर बामपन्थी एकता र अर्कोतिर कांग्रेस जोगाउने समयको बीचमा चुनावी अभियानमा लागियो ।

राजनीतिमा दस वर्षसम्ममा अरुले लिएको अनुभव मैले दस महिनामा लिँए । अनेकौँ चुनौतीका बीचमा पनि साझा पार्टीले आफूलाई दरिलो भएर उभ्याउन सफल भयो ।

अबको पाँच वर्षमा संगठन विस्तार गरि देशलाई सम्वृद्धिको बाटोमा लैजान सक्षम हुने मैले विश्वास लिएको छु ।’ कार्यक्रममा रवीन्द्र मिश्रको चुनावी अनुभव बारे सहभाागिले विभिन्न प्रश्नहरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV