६ माघ २०७४, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ।   राखेप च्याम्पियनशीप एवं २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ । शनिबार दाङमा सम्पन्न फाइनलमा नेपाल प्रहरीले त्रिभुबन आर्मी क्लबलाई टाईब्रेकरमा ४ का बिरुद्घ ५ गोलले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।

अत्यन्त प्रतिष्पर्धात्मक तथा रोचक खेलमा नेपाल प्रहरीले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि पहिलो हाफमा कुनै गोल हुन सकेन । दोश्रो हाफमा पनि कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकर पुगेको थियो । टाइब्रेकरमा नेपाल प्रहरीका सुमन लामा, बुद्घ लामा, तेज तामाङ, दिनेश राजबंशी र निरकुमार राईले गोल गरेका थिए । त्रिभुबन आर्मीका तर्फबट जर्ज प्रिन्स कार्की, हिरण्य मगर, बिबेक बस्नेत, रुपेश केसीले गोल गरे भने राजीब गुरुङले गरेको प्रहार चुक्दा उपाधि नेपाल प्रहरीको पोल्टामा पुगेको थियो ।

यस्तै शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा ससस्त्र प्रहरी विजयी भएको छ । सशस्त्रले सुदुरपश्चिमलाइट टाइब्रेकरमा ३ का बिरुद्घ ४ गोलले हराउन सफल भयो । निर्धारित समय र अतिरिक्त समयको खेल दुई दुईको बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV