६ माघ २०७४, शनिबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी एमाले एकताको विरोध गर्नुको औचित्य रहेको बताएका छन् ।

जनसांस्कृतिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब एमाले र माओवादी अलगअलग पार्टी हुनुको कुनै कारण नभएको बताए । ‘हामीले ८/ १० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौं’ उनले भने, ‘उहाँहरुले पनि त्यही भन्नुभएको छ । समान राजनीतिक कार्यदिशा भएपछि अलग अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’

वैचारिक विषयमा छलफल सुरु भएको भन्दै उनले अहिलेसम्म माओवादीले माओवाद र एमालेले जनताको बहुदलीय जनवाद नछाडेको बताए । उनले भने, ‘अबको वैचारिक संश्लेषण कसरी गर्ने भन्ने हामी छलफलमा छौं ।’

जनयुद्धको भूमिका र योगदानबारे एमाले र माओवादीबीच विवाद नभएको उनले भने, ‘एकले अर्काको पूर्ण सम्मान गरेर र परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अघि बढ्छौं । यसमा कसैले शंका गर्नु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV