६ माघ २०७४, शनिबार

बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी पञ्चायतकालमा आफैंले पढाएको विद्यालयमा पुग्ङोकी छन् । भण्डारी मोरङको नक्सलबारीका बासिन्दा भेट्न शनिबार त्यहाँ पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले मोरङको बेलबारी नगरपालिका वडा नम्बर १, नक्सलबारीमा रहेको विद्यालयमा ०४३ साल माघ २ गतेदेखि ०४६ साल फागुन २४ गतेसम्म शिक्षिकाका रुपमा काम गरेकी थिइन् ।

शनिबार विद्यालयको स्वर्ण महोत्सवको अवसरमा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् । उनले स्थानीय जनता आधारभुत निम्न माध्यमिक विद्यालयको शनिबार स्वर्ण स्मारक अनावरण गरिन् ।

पञ्चायतकालमा उनी सोही विद्यालय नजिकै डेरा बसेकी थिइन् । उनका छोरीहरु त्यसबेला स साना थिए । भूमिगत अवस्थामा मदन भण्डारी पनि बेलाबखत सो गाउँमा जाने गर्दथे।
विद्यालयको स्वर्ण महोत्सवमा पुगेकी राष्ट्रपतिसँग विद्यालयका स्टाफहरुले सामुहिक तस्वीरसमेत खिचाए ।
कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले अब आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

जनताको राजनीतिक परिवर्तन स्थापित हुँदै देश संघीय संरचनामा गएकाले अबका दिन दिगो विकास र आर्थिक समृद्धिमा राजनीतिक केन्द्रीत हुनुपर्नेमा उनको जोड थियो ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन र त्यसले पारेको असरलाई न्यूनीकरण गर्नका लागि समयमै सचेत हुनुपर्ने औल्याइन् ।

साथै नदी कटान, भु(क्षय रोक्नका लागि चुरे संरक्षणमा जोड दिइन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत चुरे विनाशलाई रोक्न नसके तराईको उर्वर भूमिमा क्षति पुग्ने भएकाले सबै सचेत रहनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV