६ माघ २०७४, शनिबार

एजेन्सी । महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता लागेको छ । हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो ।

सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन् ।

महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो ।

सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्ना पयर लामा र सुडौल होस् भन्ने चाहना राखेको बताए । २८ वर्षको उमेरताकाको फिगरमा अधिकांस महिला सबैभन्दा बढी सन्तुष्ट र खुशी हुने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणमा महिलाहरू ३२ वर्षको उमेरमा सबैभन्दा बढी आत्मविश्वासी हुने नतिजा देखिएको छ । ३२ वर्षको उमेरमा महिला पूर्ण आत्मविश्वासी हुुनुमा उनीहरूलाई सहयोग गर्ने साथी र परिवारको हात रहने पाइयो।

सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता थियो। सहभागी दुई हजार महिलामध्ये ७५ प्रतिशत महिलाले आफ्नो कुनै अंग फेर्न पाए पनि आफ्नो ‘बडी सेप’ जस्ताको तस्तै राख्ने बताए ।

२३ प्रतिशत महिलाले आँखा, २० प्रतिशतले वक्ष र १३ प्रतिशत महिलाले दिमागलाई आफ्नो सबैभन्दा आकर्षक अंग बताए ।

फेर्नु परे कुन अंग फेर्नु हुन्छ भन्ने प्रश्नमा ४१ प्रतिशत महिलाले लामो र सुडौल पयर बनाउन चाहने जवाफ दिए ।
सर्वेक्षणमा महिलालाई अग्लो हिल जुत्ता लगाउँदा, मेकअप गर्दा, हेयरस्टाइल बनाउँदा र बाहिर जानुअघि तयार हुदाँ सबैभन्दा आनन्द लाग्ने तथ्य पत्ता लागेको छ।

सर्वेक्षणमा सहभागीमध्ये आधा महिलाले आफ्नो जीवनबारे धेरै सोचेर टाउको दुखाउन नचाहेको बताए । कामसँग सम्बन्धित कठीनता र आफ्ना पतिलगायत मित्रले छोडेमा महिलामा आत्मविश्वास घट्ने तथ्य समेत अध्ययनमा फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV