६ माघ २०७४, शनिबार

कुन्दुज । अफगानिस्तानको कुन्दुज प्रान्तमा आतङ्ककारी विरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १५ जना आतङ्ककारी मारिएका छन् ।

दुई कमाण्डरसहित १५ आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । शुक्रबार रातिदेखि जारी रहेको यस सुरक्षा कारबाहीमा परी अरु सात जना घाइते भएका छन् ।

कुन्दुज प्रान्तको चाहार डारा जिल्लामा सरकारी सुरक्षाकर्मीले लडाकू विरुद्ध कारबाही जारी राखेका छन् ।

“घटनामा १५ जना मारिएका छन्, ती मध्ये दुई जना तालिवान कमाण्डर हुन् भने सात जना घाइते भएका छन्,” उत्तरी क्षेत्रका प्रहरी प्रवक्ता अब्दुल खालिल खालिलिले सिन्ह्वासँग भन्नुभयो ।

उहाँका अनुसार घटनामा परी सुरक्षाकर्मीतर्फ तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV