६ माघ २०७४, शनिबार

मकवानपुर । सरकारले प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडालाई बनाउने घोषणा गरेपछि हेटौंडामा प्रदेश प्रमुख र मन्त्रालय रहने भवनको टुंगोसमेत लागेको छ । प्रदेश प्रमुखको कार्यालय, मुख्य मन्त्रीको कार्यालय र बिभीन्न मन्त्रालयसँगै मन्त्री बस्ने ठाउँको पनि तयारी गरिएको क्षेत्रीय प्रशाशक रेश्मिराज पाण्डेले बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालय भनेर यहाँको प्रशाशनले सुरक्षाका हिसाबले पनि क्षेत्रीय प्रशाशन कार्यालयमा राख्ने तयारी गरेको छ । आवास बगैंचा, सवारी पार्कीङ, खुल्ला क्षेत्र पर्याप्त भवन भएका कारणले पनि प्रदेश प्रमुखको कार्यालय यहाँ राख्ने तयारी भएको मध्यमाञ्चल क्षेत्रिय प्रशाशक रेश्मिराज पाण्डेले जानकारी दिनुभयो । प्रदेश प्रमुखको आवश पनि यही कार्यालयमा रहने व्यवस्था मिलाइएको छ ।

हेटौंडामा रहेको जिल्ला समन्वय समिति रहेको हालको कार्यालयमा भने मुख्य मन्त्रीको कार्यालय र मन्त्री परिषदको कार्यालय रहने व्यवस्था गरिएको छ । यसैगरी हालको क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाको भवनमा सभामुखको कार्यालय र संसद बैठक पनि क्षेत्रीय शिक्षाको हलमा बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV