६ माघ २०७४, शनिबार

काठमाडौं । मानिसलाई सबैभन्दा बढि फुर्सद राती सुत्ने बेलामा हुन्छ । यो समयमा मानिसले जुन कुरालाई महत्व दिन्छ, उसले त्यहि कुरा प्राप्त गर्छ ।

वैज्ञानिकका अनुसार मानिसले सबैभन्दा बढी सुत्ने समयमै नेट चलाउने गर्छ । र, राति सुत्ने बेलामा नेट चलाउँदा निद्रामा अवरोध सिर्जना हुन्छ ।

शास्त्र अनुसार राति सुत्ने बेलामा मानिस जुन अवस्थामा सुत्छ, भोलिपल्ट उठ्दा त्यही भावमा हुन्छ । राति नेटको प्रयोग गरेर प्राप्त भएका तनावको प्रभाव भोलिपल्ट त्यो मानिसमा पर्छ ।

त्यसैले राति सुत्ने बेलामा यस्ता विषयहरुको अध्ययन गरौं, जसले मनमा उत्साह जगाओस्, सिर्जनशील काम गर्न प्रेरणा देओस् र सकारात्मक भाव पैदा गरोस् । राति आफूलाई रुची भएका कुरा पढ्दै जाने हो भने त्यसले जीवनमा राम्रो प्रभाव पार्दै जान्छ ।

यसको सबैभन्दा राम्रो उदाहरण हुन्, सफ्टवेयर किङ विल गेट्स । विल गेट्स कहिल्यै पनि सुत्नुअघि नेट चलाउँदैनन् । उनी सुत्नुअघि जहिल्यै अध्ययन गर्छन् । उनको विचारमा नेटमा सामान्य सूचना मात्र पाइन्छ ।

गम्भीर ज्ञानका लागि पुस्तक नै पढ्नुपर्छ । सायद यो कुरा उनले धेरैअघि बुझेका थिए र विश्वप्रशिद्ध भए । विल गेट्स मात्रै होइन, चर्चित बिलेनियर वारेन बाफेट पनि दैनिक ४ घन्टा पढ्छन् । यति व्यस्त मानिसले कुनै पुस्तकलाई २० मिनेट दिनु नै महत्वपूर्ण कुरा हो । तर, बफेटजस्तो व्यस्तता मान्छेले ४ घन्टा दिनुको अर्थ हो, पुस्तक अध्ययनले मानिसलाई अरुभन्दा फरक बनाउँछ ।
अध्ययनको शक्ति

अमेरिकामा अहिले एउटा आहान चल्न थलेको छ । त्यो हो(रिडर्स आर लिडर्स । उनीहरुले नै इन्टरनेट पत्ता लगाए । त्यसमा महत्वपूर्ण कुरा राखे । तर उनीहरु भने पुस्तक अध्ययन गर्छन् । इन्टरनेट चलाए पनि उनीहरु त्यसबाट पुस्तक डाउनलोड गरेर ट्याब वा किन्डलमा पुस्तक नै पढ्छन् ।

जो मान्छे जति बढि अध्ययनशील भयो, उसले उति नै पढ्ने भएकाले विल गेट्सले आफ्ना सन्तानलाई जहिल्यै पुस्तक पढ्न प्रेरित गरे । बिल गेट्सले हामीलाई कम्प्युटर र मोवाइल दिए ।

हामी उनका कुरा चलाउँछौं । उनी भने नयाँ(पुराना, पूर्वीय(पाश्चात्य पुस्तक पढिरहन्छन् । यहि अवस्था आइफोनका निर्माता स्टिभ जब्सको पनि थियो । उनी पनि निरन्तर अध्ययन गर्दथे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV