६ माघ २०७४, शनिबार

धुन्चे । रसुवामा राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले भूकम्प प्रभावितलाई घडेरी किन्न प्रतिपरिवार दुई लाख रुपैयाँ दिएसँगै ५४ घरपरिवारले घडेरी प्राप्त गरेका छन् ।

उत्तरगया गाउँपालिका–५ बोगटीटार शिविरमा आयोजित कार्यक्रममा सांसद मोहन आचार्यले उनीहरुलाई लालपुर्जा वितरण गर्दै अरु विस्थापितका लागि सुरक्षित स्थानमा आवश्यक घडेरीको खोजी भइरहेको बताए ।

जिल्लाका ७ सय २९ परिवारमध्ये प्राधीकरणले हालसम्म ७८ परिवारलाई रकम उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV