६ माघ २०७४, शनिबार

कन्चनपुर । प्रहरीले भिमदत्तनगरपालिका १ भासीबाट लागुऔषध चरेससहित ३ युवकलाई पक्राउ गरेको छ ।

भासी–ब्रह्मदेव लिंक रोडनजिक गस्तीमा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १६ का केशव नेपाली, शुक्लाफाटा नगरपालिका १ बस्ने सुनिल नेपाली र बझाङ सुर्मा ४ का राजु पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV