६ माघ २०७४, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई मदन भण्डारी क्रिकेट सम्मानबाट सम्मानित गरीएको छ ।

मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको प्रथम क्रिकेट महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीले कप्तान खड्कालार्इ २५ हजारसहित सम्मान गरेकी हुन् ।

त्रिवि क्रिकेट मैदानमा आयोजित दुईदिने महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारबाट विशेष साङ्गीतिक प्रस्तुति थियो । महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ ।

‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ । यीमध्ये उत्कृष्ट १० जनालाई एक वर्षसम्म विभिन्न एकेडेमीमा निःशुल्क प्रशिक्षण र क्रिकेट सामग्री पनि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV