६ माघ २०७४, शनिबार

एजेन्सी : संसारको सबै भन्दा कडा कानुन साउदी अरबियाको हो । यस देशमा एउटा पनि सिनेमा घर छैन र यहाँ महिलालाई बर्खा बिना बिरा निस्किन तथा गाडी कुदाउन निषेध गरिएको छ । हरेक देशको आफ्नै-आफ्नै अनेक किसिमको कानुन हुने गर्छ जसमा हरेक देशमा अनेकथरी कानून छन् । कतिपय कानून अजीव पनि छन् । यस्ता कानूनहरु कतिपय केवल किताबका पानामा मात्र पनि सीमित छन्, केही पालना पनि भइरहेका छन् । दुुनियाँका यस्तै अनौठामध्येका केही कानून यस्ता छन्:

१. क्यानडाको अल्बर्टा प्रान्तको बजारमा किनमेल गर्दा कसम खानु तथा चिच्याउन सख्त प्रतिबन्ध छ । यदि कसैले यस्तो गरेको पाइएमा जरिवाना तिर्नुपर्दछ ।

२. आइतबारको दिन कुमारी कन्याले स्काइ डाइभ गर्नु अमेरिकाको फ्लोरिडा राज्यमा कानूनतः बन्देज छ ।

३. अमेरिकाको अर्कान्ससमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ ।

४. विवाहित महिलाले दिनमा एक गिलास भन्दा धेरै वाइन पिउन बोलिभियाको राजधानी लापाजमा मनाही छ ।

५. इटालीको काप्री टापुमा केटीहरुले चप्पल लगाएर हिँडिरहँदा चप्पल प्याटप्याट गरी पड्काउन अर्थात् आवाज निकाल्न प्रतिबन्ध छ ।

६. इटालीको यराक्लीअ सहरको तटीय क्षेत्रमा बालुवाको घर बनाउन प्रतिबन्ध छ । इटालीको एबोलीमा चलिरहेको कारभित्र चुम्बन गर्न मनाही छ ।

७. अमेरिकाको ओक्लोहामामा मानिसहरु कुकुरको अगाडि आफ्नो मुखाकृति बिगारेर जिस्काउन पाउँदैनन् ।

८. बेलायतको कानूनले गर्भवती महिलालाई यतिधेरै अधिकार दिएको छ कि उनीहरु अप्ठेरो परेको बेला जहाँकहिँ दिशापिसाब गर्न पाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV