६ माघ २०७४, शनिबार

एजेन्सी : विश्वविख्यात वैज्ञानिक तथा भौतिक शास्त्रमा नोवेल पुरस्कार पाएका अल्बर्ट आइनस्टाइनले लेखेका दुइवटा नोट लिलामीबाट करोडौंमा बिक्री खबर सार्वजनिक भएको छ । सन् १९२२ मा जापानको टोकियोमा आइनस्टाइनले लेखेका ती नोट १५ लाख अमेरिकी डलर (१५ करोड ५६ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको बताइएको छ ।

समाचारमा बताइएअनुसार वैज्ञानिक आइनस्टाइन होटेलमा थिए । केही समयपहिले उनलाई नोवेल पुरस्कार दिइएको खबर सुनाइएको थियो । आइनस्टाइनले एउटा कागजमा केही लेखे र होटेलका वेटरलाई दिए । उनले वेटरलाई यो नोट भविष्यमा मूल्यवान हुनसक्ने बताएका थिए । उनले नोटमा ‘जीवनको उद्देश्य प्राप्त गरे पनि खुसी मिल्छ भन्ने ग्यारेन्टी नभएको’ लेखेका थिए ।

जब कि, आइनस्टाइन त्यसबखत जापानमा प्रवचन दिन आएका थिए । जब उनलाई नोवेल पुरस्कार जितेको खबर सुनाइयो, उनीसँग पैसा नभएकाले उपहारस्वरूप नोट दिएका थिए ।

त्यसपछि उनले त्यो नोट जर्मन भाषामा लेखेका थिए, जसमा यस्तो लेखिएको थियो– ‘सफलता र सफलतासँगै आउने कुराले एक शान्त र विनम्र जीवनमा अत्यधिक खुसी दिन्छ ।’

उनले अर्को नोट पनि लेखेका थिए, जुनमा यस्तो लेखिएको थियो– ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’

यी नोट इजरायलको जेरुसेलम अक्सन हाउसमा लिलामीमा राखिएको थियो । समाचारअनुसार अक्सन हाउसले यी नोट किन्ने व्यक्तिको परिचय भने खुलाएको छैन । २ हजार डलरबाट सुरु भएको बोलकबोल १५ लाख डलरसम्म पुगेको थियो ।

यी नोट बेच्ने व्यक्ति भने आइनस्टाइनलाई नोवेल पुरस्कार जितेको खबर पुर्याउने व्यक्तिको भतिजा भएको पनि समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV