६ माघ २०७४, शनिबार

भक्तपुर । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिको तथ्याङ्ग अनुसार नेपालमा झण्डै ३५ हजारको मृत्यु हुने गरेको छ ।

नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कबिहीन रहेको केन्द्रका निर्देशक डा। केदार नरसिङ्ग केसीले बताउनुभएको हो ।

उहाँका अनुसार हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा बर्सेनि ५ देखि ७ हजार बिरामीको ज्यान जाने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाई छ ।

नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या १ हजार १ सय रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । ६ सय भन्दा धेरै सम्पर्क मै आएका छैनन् । यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा सुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV