६ माघ २०७४, शनिबार

कैलाली । सरकारले अस्थायी राजधानी तोकेपछि देशको बिभिन्न ठाउँमा आन्दोलन हुर्दै आएको छ । यसरी देशका बिभिन्न ठाँउमा बिरोध प्रदर्शन भईरहदा आन्दोलन गरेकै आधारमा अस्थायी राजधानी परिवर्तन नहुने वाणिज्य तथा आपूर्तिमन्त्री मिन विश्वकर्माले बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले अस्थायी राजधानी तोकेपछि विभिन्न ठाउमा आन्दोलन भईरहेकाले आन्दोलन फिर्ता लिन समेत आग्रह गरे ।

वाणिज्य आपूर्तिमन्त्री विश्वकर्माले काग्रेसले अवको पाच वर्ष सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत बताए । उनले धनगढीको गौरीफन्टा नाका तथा कञ्चनपुरको महाकाली नाका सञ्चालनमा ल्याउने सके सात नम्बर प्रदेश आर्थिक सम्बृदिको बाटोमा अघि बढने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV