६ माघ २०७४, शनिबार

एजेन्सी । भारतको उज्जैनमा यहाँ एउटा बिहे १५ मिनेट मात्रै टिकेको छ । प्रहरीले यहाँकी काजल नामकी महिला र उनका पति सन्तोषलाई पक्राउ गरेको छ ।

काजलले ३० डिसेम्बरका दिन राजस्थानमा सज्जनसिंहसँग इन्दौरकी अनिता शर्मा र उज्जैनका मुकेश शर्माको माध्यमबाट भेटेकी थिइन् । काजल र सज्जनसिंह दुवैले एक अर्कालाई मन पराएपछि उनीहरुको बिहे गर्ने पक्का भयो ।

अढाइ लाखमा बिहे पक्का गरिदिएपछि उनीहरुले त्यहीँ मन्दिरमा २ मिनेटमै बिहे गरे । बिहे गराएपछि मुकेश र अनिता अढाइ लाख पैसा लिएर गए । सज्जनसिंह पनि बेहुलीलाई लिएर घरतर्फ लागे ।

१५ मिनेटपछि नै बेहुली काजलले आफूलाई जबरजस्ती अपहरण गरेर लैजान लागेको भन्दै हल्ला मच्चाइन् । हल्लाखल्ला भएपछि स्थानीयले प्रहरी बोलाए ।

प्रहरीले उनीहरुलाई चौकीमा ल्याएर २ दिनसम्म जाँच गरेपछि थाहा भयो बेहुला त सही थिए तर बेहुली लुट्ने गिरोहकी थिइन् । बेहुलाका अनुसार उनकी फुपुका छोराको बिहे हुन नसकिरहेको अवस्थामा डेढ वर्ष पहिले अनिताले उनको बिहे गराइदिएकी थिइन् ।

दुवै अहिले पनि खुसीसाथ बसेका छन् । उनै फुपुका छोराले उनलाई अनितासँग भेट्न सल्लाह दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV