६ माघ २०७४, शनिबार

काठमाडौं । नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन सुरु गरिएको छ । यूवा नेताहरुले भारतीयले सीमा मिचेको भन्दै राजधानीमा प्रर्दशन गरेका हुन।

नेपालीहरुको नाममा रहेको करीब ५० बिघा जमिन भारत तर्फ पर्ने गरी नयाँ सिमा स्तम्भ गाडीएको भन्दै राष्ट्रिय स्वाधिनता अभियानले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्रर्दशनमा यूवा नेताहरु रामकुमारी झाँक्री, ठाकुर गैरे, पदम जोशी, लेखनाथ न्यौपाने लगायत थ्रिए । प्रर्दशनमा उत्रिएका युवाह्ररुले ‘सुत्दा नेपाली, उठ्दा भारतीय कस्तो दुर्दशा रु’ लगायतका नारा लेखेर प्रर्दशन गरे ।

यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टीकरण दिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भू–भाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दावी गरे ।

  

प्रतिक्रिया दिनुहोस्

LIVE TV