६ माघ २०७४, शनिबार

एजेन्सी । फागुन ११ गते प्रदर्शनको तयारीमा रहको चलचित्र ‘रोमियो एण्ड मुना’ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । चैत्र २ मा रिलिज हुनेगरी मिति परिवर्तन गरेको निर्माण पक्षले बताएको छ ।

निर्माता प्रसन्न गोपालिको अनुसार चलचित्रको काम सोचिएको अवधिमा नसकिएर प्रदर्शन मिति सार्न बाध्य भएको बताएका छन् ।
नरेश कुमार केसीको लेखन र निर्देशन रहेको चलचित्रमा विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुस्मा कार्की, प्रज्वल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको टिजर, पोस्टर र दुई वटा गीतहरू सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV