६ माघ २०७४, शनिबार

नेपालगन्ज  । प्रदेशसभा निर्वाचनमा दाङ–२ (क) बाट चुनाव लडेका एमाले नेता शंकर पोखरेलद्वारा जारी चुनावी प्रतिबद्धतापत्रको पहिलो बुँदा हो यो ।

चुनावकै बेला ‘वेटिङ’ मुख्यमन्त्रीका रुपमा हेरिएका पोखरेलको यही प्रतिबद्धता सुनेर दंगाली मतदाता निकै उत्साहित भए । जनतामा राजधानीको महत्वाकांक्षा ह्वावत्तै बढ्यो । आजको नागरिक दैनिकमा खबर छ ।

बुधबार सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि भने पोखरेलको प्रतिबद्धता उनकै लागि घाँडो भएको छ । अब उनीसँग दुईटा विकल्प छन्– प्रदेशसभामा दुईतिहाइ जुटाएर स्थायी राजधानी दाङ तोक्ने वा वामसरकार बनेपछि अस्थायी राजधानी दाङ सार्ने । दंगाली जनता भने उनको चुनावी नारा झलझली सम्झेर अहिले सडक संघर्षमा छन् ।

चुनावका बेला आपनो जिल्लामा प्रादेशिक राजधानी बनाउन प्रतिबद्धता व्यक्त गर्ने पोखरेल एक्लो नेता होइनन् । जिल्लाका प्रायः सबै उम्मेदवारले यसैगरी मतदातासमक्ष प्रादेशिक राजधानी प्जिल्लामा बनाउने नारा दिएका थिए । उम्मेदवारले महत्वका साथ देखाएको सपनाको जगमा अहिले ठाउँठाउँमा राजधानी माग्दै आन्दोलन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV