५ माघ २०७४, शुक्रबार

काठमाडौं।  स्तुपा अगाडिको फोहोरको थुप्रो नजिकै बच्चा भेटिएका छन्। कतिबेला देखि रुँदै थियो त्यो अवोध शिशु कसैलाई थाहा छैन ।

रोएको आवाज फोहोरको थुप्रोबाट आएपछि गौशाला प्रहरीलाई खबर गरिएको हो । फोहोर केलाउँदा प्लास्टिकको झोलामा पोको पारिएकी बालिका प्रहरीले फेला पारियो । उनको शरीरमा एक धर कपडा थिएन ।

पोकोबाट बालिका फेला पर्नासाथ तत्काल काठमाडौं मेडिकल कलेज सिनामंगलमा पुर्‍याइएको प्रहरीले जानाकारी  दिए । चिकित्सकका अनुसार शिशु दुईदेखि तीन महिनाको बीचकी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV