५ माघ २०७४, शुक्रबार
  • तारा आचार्य,

मोरङ । सरस्वती पुजा आउन केहि दिन मात्र बाँकी रहदा विराटनगर १६ का अर्जुनकुमार महतो सरस्वतीको मुर्ति बनाउन धमाधम छ ।

नेपालमा हिन्दू धर्मावलम्बीहरुले चाडवाड र पर्व अनुसार भिन्ना भिन्नै देवी देवताको माटोको मुर्ति प्रयोग गर्ने गरेकाले मुर्ति पेशाबाट धेरैले राम्रै आम्दानी गर्दछन् । हिन्दू परम्परा अनुसार मनाईने चाडवाड र पर्वमा प्रयोग गरिने माटोका मुर्तिहरुको फरक फरक चाडमा विक्री पनि बढ्ने गर्दछ ।

मुर्तिकारहरुलाई वसन्त पञ्चमी नजिकिदै जान थालेपछि यतिबेला तराई क्षेत्रमा सरस्वतीको मुर्ति बनाउने हतारो बढेको छ । तराईमा लामो समय देखि शीतलहर चलेको र घाम नलागेका कारण मुर्ति बनाउन समस्या परेको मुर्तिकारहरु बताउछन् । माटोको मुर्ति घाममा सुकाउनु पर्ने हुन्छ ।

विभिन्न चाढपर्वहरुमा यसरी मुर्ति बनाएर एक जना मुर्तिकारले एउटा सिजनमा ६० हजार रुपैयाँ सम्म आम्दानी गर्दछन् । एउटा मुर्ति १५ हजार देखि १५ हजार रुपैयाँ सम्ममा विक्री हुने गरेको मुर्तिकार महतो बताउछन् । मुर्तिका लागि चाहिने रंग तथा कपडाहरु भने भारतबाट आयात गर्ने गरिएको उनले बताए ।

पहिलेका बर्षमा भन्दा यस बर्ष मुर्तिका लागि चाहिने सामानको मुल्य बढेको भए पनि ग्राहकको माग अनुसारको मुर्ति तयार गर्नुपर्ने उनले बताए । मुख्यतया दशैं, दिपावली, छठ पर्व, सरस्वती पूजा, विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी जस्ता पर्वहरुमा माटोको मुर्ति बनाएर पूजाआजा गर्ने चलन रहेको छ ।

नेपालमा केही वर्ष अघि सम्म भारतीय कालीगढहरु नै आएर मुर्ति बनाउने र विक्री गरेर जाने गरेकोमा अहिले भने यहीका मुर्तिकारहरुले व्यवसायका रुपमा मुर्ति पेशानै अंगाल्न थालेका छन् ।

लामो समय देखि मुर्ति पेशामा लागेकाहरु मुर्ति बनाउन समय लाग्ने र मुर्ति तयार गर्नको लागि नेपालमा सामान नपाईने भएकाले पनि यो पेशा अति फरक र झण्झटिलो भएको गुनासो गर्छन् । माटोको मुर्ति भएकाले बनाउन मात्र नभई पूजा सम्म जोगाएर राख्ननै कठिन हुने गरेको उनिहरुको भनाई छ ।

१० बर्ष देखि बाबुको पेसा सम्हालेर आएका अजुर्न कुमार महतो पनि मुर्ति पेशाबाटनै परिवार पाल्दै आएका छन् । विराटनगरमा एक जर्दन मुर्तिकारहरुले मुर्तिपेशा अंगालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV