५ माघ २०७४, शुक्रबार

भक्तपुर । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेपछि भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलन गरेका छन् ।

आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेको  छ । शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दली आगो लगाई बिरोध जनाएका छन् ।

सबै पूर्वाधारका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने कार्यदलको प्रतिवेदन लत्याउँदै अन्य सबै जिल्लालाई अपायक पर्ने गरी मुकाम तोकेको भन्दै भक्तपुर जनताले आन्दोलन गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV