५ माघ २०७४, शुक्रबार

काठमाडौं । राष्ट्रपति कार्यालय निजी सञ्चार माध्यमप्रति अनुदार देखिदै आएको छ । शीतल निवासमा हुने औपचारिक कार्यक्रममा निजी सञ्चार माध्यमलाई अघोषित प्रतिबन्धजस्तै छ । जसको अर्को श्रृंखला आज पनि दोहोरियो ।

शुक्रवार चार बजे हुने प्रदेश प्रमुखहरुको सपथ ग्रहणको समाचार संकलनका लागि पुगेका निजी क्षेत्रका सञ्चार माध्यमका लागि शीतल निवासका सबै ढोका खुलेन ।

संघीय संरचनाअनुसार पहिलो पटक सरकारको प्रतिनिधिकारुपमा प्रदेशको नेतृत्व लिने विशिष्ठ पदाधिकारीको सपथ ग्रहण सबै सञ्चार माध्यम र आम नागरिकका लागि चासोको विषय हो । तर, मुख्य समारोहमा निजी सञ्चार माध्यमप्रति निकै अनुदार बन्दै आएको शीतल निवासको पूर्ववत् हर्कत शुक्रवार पनि दोहोरियो ।

सपथ ग्रहण कार्यक्रमको तस्वीर र दृश्य खिच्न निषेध गरेपछि शीतल निवास पुगेका सञ्चारकर्मी क्यामेरा प्रदर्शन गरेर सांकेतिक विरोधमा उत्रिए ।

राष्ट्रपति कार्यालयमा हुने कार्यक्रमको तस्बिर र दृश्य नखिच्ने अडानका साथ बहिष्कारमा उत्रिएका सञ्चारकर्मीले राष्ट्रपति कार्यालयको व्यवहार अपमानजनक रहेको बताएका छन ।

शीतल निवासले निजी सञ्चारमाध्यमप्रति गरेको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी पनि हो । हरेक सूचना स्रोतमा सहज पहुँच दिनुपर्ने राज्यको दायित्व शीतल निवासबाटै उलंघन हुनु अत्यन्तै दुःखदायी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV